
१३औं सागको मंगलबार भएको फुटबलको उपाधि नेपालले जितेको छ ।२–१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो ।नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।
रिजालले पहिलो हाफमा गोल गर्दै खेललाई अग्रता दिलाएका थिए भने त्यसको केही समयपछि भुटानले गोल फर्काएको थियो । दोस्रो हाफमा नेपालका लागि सुनिलले एक गोल थपेका थिए । उनको गोल नै निर्णायक गोल बन्यो ।
