छोरीको बाबु बनेका कपिल शर्माको खुसीको सिमा रहेन

२४ मंसिर २०७६, मंगलवार १३:२९

‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिल शर्माले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए । आफ्नो रियालिटी शोमा सर्वाधिक व्यस्त भएपनि कपिलले परिवारलाई पनि समय दिएका थिए ।
उनै, कपिल बिहे गरेको एक बर्षपछि बाबु बनेका छन । आफु बाबु बन्न पाउँदा धेरै खुसी छन । कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन् । कपिललाई बलिउडकर्मी र उनका फ्यानले बधाई दिइरहेका छन् ।