
पर्सा , वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो भने उक्त कोठामा एक परिवार भाडामा बस्ने भएकाले घरबेटीले पनि बन्द कोठाबारे चासो राखेका थिएनन । कोठामा कलैया २६ का पवन साह उनकी श्रीमती र छोरी बस्थे।
सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोड्दा शव भेटिएको थियो।
श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन्।
पवन श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ। दुबै जनाको शव पोस्टमार्टमका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको छ।
