साइप्रसमा अध्ययनका लागि गएका एक नेपालीको मृत्यु

२३ मंसिर २०७६, सोमबार १५:२३

निकोसिया , साइप्रसमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाफोसमा बस्दै आएका धकराज कार्की रहेका छन् । उनको आइतबार मृत्यु भएको हो । उनको मृत्यु भएको बारे प्रहरीको रिपोर्ट आउन र घटनाको सबै विवरण आउन बाकीँ रहेको जनाइएको छ ।

धकराज कार्की अध्ययनका लागि ६ महिनाअघि साइप्रस आएका थिए । एनआरएनए साइप्रसका अनुसार उनको मृत्युबारे पुरा विवरण आइसकेको छैन ।