मोटरसाइकलको ठक्‍करबाट पैदल यात्रुको ज्यान गयो

१९ मंसिर २०७६, बिहीबार १५:४६

मलंगवा , नवलपुर सडकखण्डअन्तर्गत सर्लाही सदरमुकाम मलंगवा ११ गम्हरियामा मोटरसाइकलको ठक्‍करबाट एकजना पैदल यात्रुको ज्यान गएको छ । ज्यान जानेमा मलंगवा नगरपालिका ७ गणेशियाका ६० वर्षीय धरिक्षण राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चालक लालबन्दी नगरपालिका १ नवलपुरका २६ वर्षीय अबलेश मिकरानी र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प ५६९१ नम्बरको मोटरसाइकले खेततर्फ जाँदै गरेको अवस्थामा रायलाई ठक्‍कर दिएको थियो । प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरका अनुसार ठक्‍करबाट राय गम्भीर घाइते भएका थिए र उपचारका लागि सर्लाही अस्पताल मलंगवा ल्याउँदै गर्दा बाटोमा रायको ज्यान जनाइएको छ ।