
डोटी , परिवारले नै आगो लगाएर एक महिलाको हत्या गरेको घटना खुलेको छ ।डोटी जिल्लाको शिखर नगरपालिका–४ मुडभराकी २६ वर्षीया भावना भट्टको श्रीमान् मीनराज शर्माको संलग्नतामा परिवारले आगो लगाएर हत्या गरेको भावनाका दाजु शालिग्रामले दाबी गरेका छन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।
शरीरमा आगो लागेपछि यही मंसिर ७ गते गम्भीर घाइते भएकी भावनालाई भारतको बरेली अस्पतालसम्म पुर्याइएको थियो । अस्पतालले स्वास्थ्यमा सुधार भएको भनि घर पठाए पनि घर आइपुग्दा उनको मृत्यु भएको परिवारले जानकारी दिए ।
