
एजेन्सी , चा इन–हा दक्षिण कोरियाका चर्चित कलाकार हुन । २७ वर्षीय कलाकार चा सोलस्थित आफ्नै घरमा मृत भेटिएका छन् । भर्खरै टेलिभिजन शृङ्खला लभ विथ फ्लजुमा अभिनय गर्न थालेका उनको के कारणले मृत्यु भएको भन्ने जानकारी आएको छैन । उनको संस्थाले एउटा विज्ञप्ति जारी गर्दै कलाकार चा इन–हामो मृत्यु बाट शोकाकुल भएको उल्लेख गरेको छ ।
‘यू, डिप इन्साइड अफ मी’ नामक चलचित्र चलचित्र क्षेत्रमा प्रबेश गरेका उनी निकै चर्चित कलाकार थिए । उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिने बताइएको छ ।
