
जकार्ता (सिन्ह्वा), बुधबार इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो ।
विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ ।स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन ।
