बलात्कार गरी फरार राजु १३ वर्षपछि प्रहरीको हिरासतमा

१८ मंसिर २०७६, बुधबार १३:४४

बर्दिया , १३ वर्षअघि बलात्कार अभियोगमा सजाय पाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत नेपालगञ्ज बाँकेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १३ वर्ष कैद सजाय ठहर भई हालसम्म फरार रहेका गुलरिया नगरपालिका ७ बस्ने ३७ वर्षीय राजु लोधलाई मंगलबार राति पक्राउ गरेको हो । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई गुलरिया नगरपालिका ७ मुर्तियास्थित पटाउ गाउँबाट पक्राउ गरेको हो ।