
काठमाडौं , दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘छ माया छपक्कै’अब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा मंसिर १३ देखि प्रदर्शन भएको हो ।यो सँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर ‘छ माया छपक्कै’ हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् ।
व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे माग्ने बुढा, जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले ४२५रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त फिल्मले समीक्षकको समेत मन जितेको थियो ।
