छाउगोठमा खाना खाएर सुतेकी महिला मृत फेला

१६ मंसिर २०७६, सोमबार १०:५४

अछाम , छाउगोठमा एक महिलाको मृत्यु भएको छ। साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय पार्वती रावतको मृत्यु भएको हो।
आइतबार साँझ खानाखाएर सुतेकी रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ। घर नजिकैको छाउगोठमा उनको मृत्युु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए । साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टका अनुसार घटनास्थलमा प्रहरी पठाईएको छ ।