
काठमाण्डौ , चर्चित निर्देशक दीवाकर भट्टराईले अब नयाँ चलचित्र ल्याउने भएका छन् । यसअघि अभिनेता अनमोल केसीको चलचित्र ‘क्याप्टेन’ निर्दृेशन गरेका उनले अब भने नयाँ चलचित्र ल्याउने तयारीमा जुटेका छन् । उनले अब चलचित्र ‘तिमीसँगै हुने मन छ’ बनाउने भएका हुन् । यस चलचित्रमा मुख्य अभिनेत्री दीपिका प्रसाईं नै हुनेछिन् ।
यस चलचित्र दोस्रो हप्तादेखी छयांकनमा जाने तयारीमा रहेको जनाइएको छ । यस चलचित्रमा दीपिकासँग अभिनेता पल शाहले जोडी बाध्ने भएका छन् ।
