बैतडीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

१५ मंसिर २०७६, आईतवार ११:१३

बैतडी , बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपीट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपीट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपीट गरेको उत्तराका भाई शेरबहादुर महराले बताएका छन।
उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर उत्तरामाथि कुटपीट भएको महराले बताए। बोक्सीको आरोपमा कुटपीट गरिएकी उत्तरालाई उपचारका लागि शनिबारराति नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ।