यौन सम्बन्ध राम्रो बनाउन यस्तो सोच राखौं

१५ मंसिर २०७६, आईतवार १०:४२

मानिसका मनमा यौन सम्बन्धका विषयमा अनेक खालका तर्क आउने गर्छन् । यदि तपाईले मनमा सेक्स गर्दा दुख्छ कि भनेर पाल्नुभएको छ भने त्यो डरलाई आजैबाट बाहिर निकाल्नुस् ।

सेक्स पार्टनरबीचमा पूर्ण समझदारीमा गरिएको सेक्सको अनुभव सबैको सुखद हुन्छ । तपाइले जहिले पनि सकारात्मक सोचसाथ सेक्सका लागि तयार हुने हो भने यसबाट अभूतपूर्व आनन्द प्राप्त हुन्छ ।
तपाईंंले आफ्नो यौनांगको साइजलाई लिएर बनाउनुभएको धारणा पनि भ्रमपूर्ण छ । तपाईंंले बाहिरबाट हेरेर आफ्नो योनीको साइज सानो छ कि ठूलो वा साँघुरो छ भन्ने थाहा पाउनुहुँदैन योनी तन्किने तन्तुले बनेको अंग भएका कारण यसमा लिंग प्रवेश गराउँदा कसिलो नै हुने गर्छ । त्यसैले योनीको साइज ठूलो या सानोको भ्रमबाट पर रहनुहोस् ।

योनीको तन्तुको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुनेखालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । किशोरकिशोरी र युवकयुवतीका लागि विवाहपछिको पहिलो रात र पहिलो सम्भोगको कल्पना सुखद र शंकापूर्ण दुवै हुन्छ ।

यसबारे वयस्क स्त्री–पुरुषका साथीसंगीसँग पहिल्यैदेखि स्वाभाविक चर्चा–परिचर्चा पनि भइरहन्छ । जस्तो, तपाईंंको पनि साथीहरूसँग भइरहेको छ । साथीहरूले भनेकै आधारमा धारणा बनाएर सुरु नै नभएको यौन जीवनलाई जोखिममा धकेल्ने काम गर्नुहुँदैन । क्यानडा नेपालबाट