हास्य व्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भो” को ३० भाग पुरा भएसँगै निर्माण पक्ष उत्साहित

२२ मंसिर २०७६, आईतवार १८:२३

काठमाण्डौं, ग्लोरी मिडिया प्रालिको प्रस्तुतिमा एनटिभी प्लसबाट प्रसारण भईरहेको हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भो” ले यहि शनिबार ३० भाग पूरा गरेको छ । कमल श्रेष्ठ निर्माता रहेको उक्त हास्य टेलिचलचित्र पिके ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुदैँ आएको छ ।

अर्जुन गौतमद्वारा निर्देशित उक्त टेलिचलचित्रमारामप्रसाद महर्जन कार्यकारी निर्माता तथा कपिल देवकोटा सह निर्माता रहेका छन् भने साहित्यकार सनत आचार्यको कथा तथा पटकथा लेखन रहेको छ । समसायिक घट्ना तथा विषयवस्तुलाई टिपेर हाँस्यव्यंग्यात्मक शैलीमा चोटिलो प्रहार गरिने प्रस्तुतिकरणका कारण “कुरा मात्र भो “ले दिनानुदिन दर्शकको मन जितिरहेको छ । चर्चित तथा अनुभवी कलाकारहरू रोशनी सापकोटा, उत्तम अर्याल (कोदे, रामप्रसाद महर्जन, लक्ष्मण चौँलागाई, रश्मी भट्ट, पवन केसी तथा नयाँ प्रतिभाशाली कलाकारहरू धर्म भण्डारी, विरूप घले, ग्याम्जो लामा, कपिल देवकोटा, गोपाल ज्ञवाली, दिपेन्द्र तामाङ, सुष्मा जिमी, सुमित्रा रिमाल, मनोज श्रेष्ठ, ठाकुर आचार्य , प्रनिश गिरी, ईन्द्र आले मगर, लिजा राना मगर, मेनुका गुरूङ आदिको बेजोड अभिनय रहेको यस टेलिश्रृंखलाको छायांकन केशव अधिकारी, समीर राई, संगीत र गायन मिनप्रकाश ओली, सम्पादन मनिष कार्की, निर्माण सल्लाहकार सरोज ओझा र प्रताप भट्ट रहेका छन् भने कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी साथै सह निर्देशनमा भोला बाबू रहेका छन् ।
३० भाग पुरा भएसँगै निर्माण पक्ष उत्साहित रहेको निर्माता श्रेष्ठले बताएका छन् ।