सुर्यमणीको ‘लौ न कान्छी खै’ सार्वजनिक (भिडियो सहित)

४ पुष २०७६, शुक्रबार १६:५३

काठमाडौँ , लोक गायक सुर्यमणि आचार्यको ‘लौन कान्छी खै’ सार्वजनिक भएको छ । केही समय अघि युट्युबमार्फत सार्वजनिक गरिएको छ । संगम थापाको शब्द सिर्जना तथा गायक आचार्य र पुरुषोत्तम धितालको संयुक्त संगीत रहेको गीतमा गायक सुर्यमणी आचार्य, पुरुषोत्तम धिताल र गायिका गंगा ठकुरीले आवाज दिएका छन् ।

त्यसैगरी उक्त गीतको भिडियोमा शब्द रचनाकार संगम थापाकै निर्देशन रहेको छ भने मरुभुमी नारायणको छायांकन रहेको छ । मोडल रिना थापा मगर र संजीव ठकुरीले अभिनय गरेका छन् । त्यस्तै रोशन धितालले सम्पादन गरेको गीतको भिडियोलाई मामा भान्जा इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।