सुन चाँदीको मूल्य स्थिर

३ पुष २०७६, बिहीबार १४:४३

काठमाडौं , नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ। बुधबार तोलामा ७१ हजार ६ सयले कारोबार भएको सुन आज सोही भाउमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ।

बुधबार तोलाको ८५० रुपैयाँमा कारोबार भएको चाँदी आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।