साइप्रसमा रोजगारीको अवसरः भिषा र टिकट फ्रि, खानाबस्नको सुविधा सहित ५६ हजार तलव

७ पुष २०७६, सोमबार १५:५६

काठमाडौं , साइप्रसको एक कम्पनीले २० जना नेपाली कामदार माग गरेको छ । आर सीवाई इम्पोलोमेन्ट कम्पनीले डोमेस्टीक वर्कर (महीला) १८ जना र एग्रीकल्चर कामदार २ जना गरेर २० जना कामदार मागेको हो ।
कम्पनीले डोमेस्टीक वर्करलाई मासिक रू ३९ हजार ५५० र एग्रीकल्चर कामदारलाई रू ५६ हजार र ६८० तलव दिने बताएको छ । साथै, खाना बस्नको सुविधा पनि रहेको कम्पनीको भनाइ छ । साथै, हवाई शुल्क, भिषा शुल्क कम्पनीले नै दिनेछ ।
दैनिक ८ घण्टा काम गर्नुपर्ने बताइएको छ । साथै, हप्तामा १ दिन विदा पनि हुनेछ ।
कम्पनीले कामदार छनोटका लागि सुन्दर नेपाल ओभरसिज प्रालिलाई जिम्मा दिएको छ । उक्त ओभरसिज काठमाडौंको सिनामंगलमा रहेको छ । त्यहाँ जाने कामदारहरुको यही पुस १२ गते अन्तरवार्ता गर्ने योजना छ ।