सर्लाहीमा दुई प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ

२५ मंसिर २०७६, बुधबार ११:११

सर्लाही , त्रिभुवन नगरस्थित प्रहरी चौकीमा कार्यरत दुई जना प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र जवान मनोजकुमार यादव रहेका छन । उनिहरुलाई भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदा भित्र्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दीबासबाट खटिएको टोलीले पक्राउ गरेको हो। अख्तियार अधिकारीहरुका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।