श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

१० पुष २०७६, बिहीबार १४:०५

इनरुवा , सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जानकारी दिनु भयो । श्रीमान काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो ।

कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनु भयो । प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेको छ ।