मन्त्री नेम्बाङको कलङ्की नागढुंगा सडकखण्डको छडके

१३ पुष २०७६, आईतवार ११:४३

.

काठमाडौं , भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढसुंगा सडकखण्डको अनुगमन गर्नु भएको छ । शनिबार त्यसखण्डको स्थलगत निरिक्षण गरेर उहाँले तत्काल पुर्न निर्देशन दिनु भएको हो । मन्त्री भएलगत्तै उपत्यकाको सडकका खाल्डा पुर्न विशेष चासो देखाउनु भएका नेम्बाङले नियमित अनुगमनमा सक्रिय हुनुहुन्छ । नागढुंगा सडकखण्डका खाल्डाका कारण सवारी आवतजावतमा असहज भइरहेको छ। जाम हुने समस्या हटाउने पहलका लागि उहाँ अनुगमन निस्किनु भएको हो ।

अनुगमनमा काठमाडौं क्षेत्र नं ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया समेत सहभागी हुनुहुन्थ्यो । स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाडौं सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमुखलाई त्यस क्षेत्रका खाल्डा तत्काल पुर्न निर्देनशन दिनु भयो । मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडकखण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्डा पुर्ने काम सकिएको छ। चाबहिल–गौशला सडकखण्ड मर्मत भन्दा पुरै निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि ठेक्का सम्झौता भएको छ।