मंसिरमै पर्‍यो हिउँ चन्द्रागिरिमा

२७ मंसिर २०७६, शुक्रबार १३:०५

काठमाडौं , बुधबार साँझदेखि मुलुकभर आएको मौसम बदलीका कारण काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको हो । यसका साथै नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मुलुकभर चिसो पनी बढेको छ ।
बिहीबार बिहान काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा पनि भएको छ । चन्द्रागिरिमा हिउँ परेको विभिन्न सामाजिक सञ्जालमा आएको छ। वर्षा र हिमपातका कारण काठमाडौं उपत्यकामा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ।