बाग्लुङ्गमा फेरी जिप दुर्घटना, ११ जना घाइते

२२ मंसिर २०७६, आईतवार १६:३८

काठमाडौं, बागलुङको बरेङमा कुल पूजामा पुगेर फर्किदै गरेको जिप दुर्घटना भएको छ। हुग्दिशिर बराहकोटबाट बरेङतर्फ जाँदै गरेको जिप पोखराचौरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार ध १ज १८३ नम्बरको जिप दुर्घटनामा ४० वर्षीय श्यामबहादुर पुन र ३५ वर्षीया दीलकुमारी पुन सैनामैना , ६० वर्षीय मतीलाल श्रीष र तिलमाया श्रीष रुपन्देही बुटवल, बरेङ २का ३२ वर्षीय विष्णु श्रीष, १८ वर्षीया इच्छा श्रीष, ४० वर्षीया तिलकुमारी छन्त्याल, २६ वर्षीया कमला बिक, ३९ वर्षीया कमला पुन र जिप चालक अनिल घर्तीमगर रहेका छन् । त्यस्तै गुल्मी कालिगण्डकी ७ की २३ वर्षीया सुस्मा पुन पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये इच्छा, विष्णु, तिलकुमार छन्त्याल तथा तिलकुमारी पुन र कमला बिकलाई पोखरा रेफर गरिएको छ ।