बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो

२९ मंसिर २०७६, आईतवार १५:३९
Wild boar

सप्तरी, सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको बँदेलको आक्रमणबाट ज्यान गएको छ । शनिबार घरनजिकै जंगलमा खर काट्न गएकी सदालाई जंगली बँदेलले आक्रमण गर्दा घाइते भएकी थिइन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार उनको उपचारका क्रममा ज्यान गएको हो ।