गुल्मीमा वडा कार्यालयको ताल्चा फोडी ३० हजार रुपैयाँ चोरी

९ पुष २०७६, बुधबार १५:४७

गुल्मी , गुल्मी जिल्लाको मालिका गाउँपालिका ७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ। मालिका गाउँपालिका ७ घमिरका वडा अध्यक्ष बेदप्रसाद पन्थीका अनुसार आफू बस्ने कार्यकक्षको चाबी फोडेर वडा सचिवको कार्यकक्षमा रहेको मंसिर महिनाको आन्तरिक आम्दामी तर्फको करिब ३० हजार नगद चोरी भएको छ ।

अन्य कम्प्युटर लगायतका साम्रगी पनि चोरी भएको बताइएको छ । मंगलबार कार्यालय बन्द गरी गएको र बुधबार बिहान कार्यालय खोल्न आउँदा कार्यालयमा तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेको पन्थीले बताउनु भयो । सिमलटारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शेरबहादुर घर्तीका अनुसार वडा कार्यालयको ताल्चा फोडी ३० हजार चोरी भएको घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।