एक महिलाको शव फेला

१७ मंसिर २०७६, मंगलवार १२:५४

मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलवार बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको बताइएको छ।
प्रहरीका अनुसार यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको हो ।