ऋषि खड्का र शान्ति श्री परियारको आवाजमा ‘पछ्यौरी’ बजारमा (भिडियोसहित)

१५ मंसिर २०७६, आईतवार १३:४७

काठमाडौं, लोक तथा दोहोरी गायक ऋषि खड्का र गायिका शान्ति श्री परियारको आवाजमा रहेको ‘पछ्यौरी’ बजारमा आएको छ । राजु महोत्राको शब्द र संगीत स्वयम् गायक खड्काकै रहेको उक्त गीतमा घरको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण परिवारलाई सुख दिने सपना बोकेर नचाहेरपनि बिदेशीनु परेको अवस्थालाई कथामा उतारिएको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि गाउँघरलाई छोडेर बिदेशीनु परेको दुखद अवस्थालाई कलाकार राजु महोत्रा र मिरा महोत्राले वास्तविक अभिनय मार्फत उतारेका छन् । साथमा कुलचन्द्र पुरी, नविन मरासीनी र क क्षेत्री, गौतम जिसी, सन्तोस शर्मा, हिमाल कुवँर र पुष्पा केसीकोपनि अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । बिदेशमा गएरपनि दुख पाएर बिना कसुरको सजाय भोगीरहेका धेरै नेपालीहरु छन् । आकाशमा उडेर गएका बाकसमा फर्किहरुपनि धेरै छन् । यस्तै वास्तविक्ता कथालाई गीतमा देखाईएको छ ।

गीतको निर्देशन विष्णु भट्टराईले गरेका छन् भने स्वाभिमान क्रियशनको युट्युव च्यानलमार्फत गीतलाई बजारमा ल्याइएको हो ।