अर्घाखाँचीमा ट्याक्टरको ठक्करबाट ७ बर्षिय बालकको ज्यान गयो

१५ मंसिर २०७६, आईतवार ११:०१

अर्घाखाँची , ट्याक्टरको ठक्करबाट अर्घाखाँचीको सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको ज्यान गएको छ। प्रहरीका अनुसार शनिबार साँझ सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले रतलेमा ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान ज्यान गएको हो ।
उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका ८ वर्षीय अनुराग जिसी गम्भीर घाइते भएका छन्। घाइते जिसीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।