पदक जितेका खेलाडीहरुलाई सम्मान

कञ्चनपुर , दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग)मा पदक जितेका खेलाडीहरुलाई कृष्णपुर नगरपालिकाले सम्मान गरेको छ। १३औं सागमा तेक्वान्दोबाट कृष्णपुर नगरपालिका–९ का वीरबहादुर महराले स्वर्ण पदक र मनोज मल्लले कास्य पदक जितेका थिए। यस्तै, फेन्सिङ्गमा कृष्णपुर–२ की रमा सिंहले समूहमा रजत र एकलमा कास्य पदक जितेकी थिइन्। फेन्सिङ्गमै सोही वडाका दिनेश पाण्डेयले कास्य पदक जितेका थिए। गृह जिल्ला फर्किएका स्वर्ण पदक विजेता वीरबहादुर र कास्य पदक विजेता मनोजलाई नगदसहित सम्मान गरिएको छ। फेन्सिङ्गमा पदक विजेता दुई खेलाडी आइनसकेकाले अर्को पटक सम्मान गरिने नगरपालिकाले जनाएको छ।


प्रकाशित | २०७६ पुष २ प्रकाशित ११:५३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ