
काठमाडौं , गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई बिहीबार राजधानीमा एक कार्यक्रमका बीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा सावित्री राउत लगायतले एल्बम सार्वजनिक गरेका थिए ।
