
चितवन , नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
