
काठमाडौं , प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाइएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र उहाँ खतरामुक्त रहेको निजी चिकित्सक डा दिब्या सिंह शाहले जानकारी दिनु भयो । शाहले भन्नु भयो , प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ।तर, अझै एक हप्ता अस्पताल बस्नुपर्ने देखिन्छ।त्यसपछि अवस्था हेरेर डिस्चार्ज गरिन्छ।
पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि मंगलबार नै त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो।
