काठमाडौं , युवा गायकको टोलीले नेपाली भूमि कालापानीमा गरेको हस्तक्षेपलाई समेटर नयाँ गीत निकालेको छ । युट्युबमा बिहीबार मात्रै सार्वजनिक गरिएको गीतमा सारदा रसायली, मोहित श्रेष्ठ र बद्री चुडालले स्वर दिएका छन् ।
छल गरेर धोका दिने नालापानीमा।।। आँखा लाउन छोड अब कालापानीमा।।। बोलको गीतको रचना धिरजनाथले गरेका हुन् । संगीत पनि उनकै रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् ।
