वडाध्यक्ष शेर्पाको मृत्यु

१३ मंसिर २०७६, शुक्रबार ११:४९

संखुवासभा , चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको मृत्यु भएको छ। बिहीबार राति १२ बजे वडाध्यक्ष शेर्पाको निवासमा मृत्यु भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा ८ महिनाअघिदेखि उपचार गराइरहनु भएको थियो ।