चलचित्र ‘चपली हाइट–३ को रिलिज मिति तय

१२ मंसिर २०७६, बिहीबार १२:४६

काठमाडौं , निकेश खड्काले निर्देशन गरेको संस्पेन्स थ्रिलर चलचित्र ‘चपली हाइट–३’ को रिलिज मिति तय गरिएको छ । निर्माता अर्जुनकुमार र निर्देशक खड्काले छायांकनस्थलबाटै रिलिज मिति घोषणा गरे । यो चलचित्र २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीअनुसार काम भइरहेको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठको मुख्य अभिनय रहेको छ ।