
चितवन , बिहिबार उपनिर्वाचनको मौन अवधिकै दिन चितवनको भरतपुरमा बम विस्फोट भएको छ । बिहिबार विहानै भरतपुर उपमहानगरपालिका–१६ मा सिलिण्डर बम विस्फोट भएको हो ।
प्रहरीका अनुसार भरतपुरको फुर्तिचोकदेखि वडा कार्यालय जाने सडकमा सिलिण्डर बम विस्फोट भएको बताइएको छ । उक्त बम विस्फोटबाट कुनै मानविय क्षति भने नभएको खुलाइएको छ
।
विस्फोट भएको स्थान वरीपरी सिलिण्डरका टुक्राहरु देखिएका छन् ।
