
विराटनगर , बिहीबार बिहान पूर्व (पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका २ मा सिमेन्ट बोकेको ट्रकको ठक्करबाट एकजना पैदल यात्रुको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल यात्रु तेह्रथुमको बसन्तपुरका ७० वर्षीय बलबहादुर लिम्बूको ज्यान गएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा बिहान ९ः३० बजे ज्यान गएको हो । ट्रक र चालक बाराको निजगढ ९ का ३२ वर्षीय रमेश बड्तौलालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको खिँउजुले बताए ।
