पोखरामा नेकपाको चुनावी सभा नजिकै बम विस्फोट

११ मंसिर २०७६, बुधबार १५:२१

पोखरा , पोखरामा सत्तारुढ नेकपाको चुनावी सभा चलिरहेका बेला बम विस्फोट भएको छ । पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा चुनावी सभा चलिरहेको बेला बम बिस्फोट भएको हो ।
विस्फोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।
सभामा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ , नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री एवं सचिवालय सदस्य वामदेव गौतम लगायतका नेताहरु चुनावी सभालाई सम्वोधन गर्न त्यहाँ पुगनु भएको छ ।