प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

१० मंसिर २०७६, मंगलवार ११:०१

काठमाडौं , स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनु भएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणको लागि मंगलबार बिहान महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियो भास्कुलर सेन्टर पुगनु भएको हो । मङ्गलबार बिहान अस्पताल पुगनु भएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।