त्रिचन्द्र कलेजका प्रमुख न्यौपानेलाई विद्यार्थीले गरे कुटपिट

९ मंसिर २०७६, सोमबार १५:३१

काठमाडौं, शुल्क वृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई कुटपिट गरेका छन् । सोमबार बिहान कलेज परिसरमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले कुटपिट गरेका हुन् ।महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार कलेज प्रमुख न्यौपानेलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले २ जना विद्यार्थीलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान गरिरहेको डिएसपी बोगटीले बताउनु भयो ।