
महोत्तरी , आज बिहान महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ मा अवस्थित श्री कामेश्वरनाथ मन्दिरको धर्मशालामा एक युवक मृत भेटिएका छन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय मधेशी मूलको जस्तो देखिने युवक सो मन्दिरको धर्मशालामा मृत भेटिएका हुन ।
उक्त मन्दिरमा गए राति भजन, कीर्तन भइरहेको बेला धर्मशालामा बास बस्न गएका युवक आज बिहान बान्ता गरी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकको शवको प्रकृति हेर्दा उनी नशालु पदार्थ सेवन गरी मरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
