
काठमाडौं , भारतको कोठीमा बेचिन लागेका २ जना युवतीलाई उद्धार गरी नेपाल फर्काइएको छ। माइती इण्डियाका अनुसार राम्रो काम लगाई दिने भन्दै काभ्रे र झापाका दुई युवतीलाई ललाई फकाई काठमाडौंबाट विरगञ्ज हुँदै दिल्ली पुर्याएर कोठीमा बेच्न लाग्दा उद्धार गरिएको हो। उनीहरुलाई नेपाली दूतावास नयाँ दिल्ली र भारतीय प्रहरीको समन्वयमा हिजो नेपाल फर्काइएको हो।
