चर्चित कलाकार सरिता लामिछानेको जन्मदिन आज

९ मंसिर २०७६, सोमबार १०:३४

काठमाडौँ , आज चर्चित कलाकार सरिता लामिछानेको जन्मदिन हो। उनी आज आफ्नो ४५औं जन्मदिन मनाउँदैछिन् । उनको जन्म सन् १९७५ नोभेम्बर २५ तारिखका दिन भएको हो । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मुक्ति’बाट चर्चामा आएकी सरिताले हालसम्म धेरै टेलिफिल्ममा अभिनय गरिसकेकी छिन् ।

सरिताका पति ऋषि लामिछानेले निर्देशन गरेको ‘परिचय’ मा अभिनय गरेर सबैको मनमा बस्न सफल सरिताले जानकी’, ‘गहना’, ‘सीता’ लगायतका टेलिफिल्ममा अभिनय गरेकी छन् ।