
धादिङ , धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आइतबार बिहान नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ की १४ वर्षीया डोल्मा तामाङको मृत्यु भएको हो ।
घाइते भएका ४० जना मध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
