
कपिलवस्तु , तीन वर्ष अघि मायादेवी गाउँपालिका १ मा भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन् । प्रहरीका अनुसार घटना पछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमान शनिबार दिउँसो पक्राउ परेका छन ।
घटना पछि फरार भएका कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको को हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी सुनिल मल्लका अनुसार आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपािलका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेका थिए ।सामुहिक बलात्कारको भिडियोसमेत बनाएर उनीहरुले सामाजिक सञ्जालमा राखेका थिए ।
