
काठमाण्डौँ , गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेका छन ।
