डेब्युको तयारीमा शाहरुख खानकी छोरी सुहाना

६ मंसिर २०७६, शुक्रबार १५:०३

मुम्बई , शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा डेब्यु गर्न लागेको चर्चा चलेको केही वर्ष भयो । कतिपयले शाहरुखकी छोरीको डेब्यु सन्दर्भलाई गसिपका रुपमा पनि बुझेका छन् ।

उनले अभिनय गरेको पहिलो सर्ट फिल्म ‘द ग्रे पार्ट अफ ब्लु’ रिलिज भएपछि उनको डेब्यु पक्का भएको अनुमान गर्न थालिएको छ । उनले यहि फिल्मवाट अभिनयको परिचय पनि दिएकी छिन् । १० मिनेटको उक्त फिल्ममा उनले सुहानाले निकै राम्रो अभिनय गरेकी छन् ।