
एजेन्सी , समय भनेको एकदमै महत्त्वपूर्ण पक्ष हो चाहे त्यो व्यवसायमा होस् या स्वास्थ्यकै विषयमा किन नहोस् । तर, यो पनि ध्यान राख्नुहोस् कि सुखद यौन जीवनका लागि समय महत्वपूर्ण हुन्छ ।
गर्भधारणका लागि उचित समय भनेको विशेष गरी महिलाको पाठेघरमा अण्डाशय बनेको अवस्थामा हो । सामान्यतया, महिनावारी चक्रको बीचतिर ११औं दिनदेखि २१औं दिनसम्म तर शायद तपाईंहरूलाई यो थाहा नहुन सक्छ कि कुनै कुनै यस्तो दिन हुन्छ, जुन बेला यौन सम्पर्क राख्दा शारीरिक तथा मानसिक स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। सुखमय वैवाहिक जीवनमा यौन अति नै महत्त्वपूर्ण हुन्छ। त्यसैले आफ्नो यौन जीवनलाई सुखमय बनाउन चाहनुहुन्छ भने आफ्नो पार्टनर अर्थात् यौन साथीसँग सम्पर्कको समयमा पनि ध्यान दिनुपर्छ।
महिनावारी हुनुभन्दा अगाडि
महिनावारी हुनुभन्दा १र२ दिनअगाडि महिलाहरूमा यौन सम्पर्क गर्ने चाहना अत्यधिक हुन्छ। जब पाठेघरमा रगत जम्मा हुँदै जान्छ, तब यौनाङ्ग सबैभन्दा बढी संवेदनशील हुँदै जान्छ र यति बेला यौन सम्पर्क गर्ने चाहना बढ्दै जान्छ ।
दुखाइबाट राहत पाउन चाहनुहुन्छ भने
महिनावारीको बेलामा यौनसम्पर्क गर्दा दुखाइबाट धेरै नै राहत पाउन सकिन्छ। किनभने यौन उत्तेजनाले शरीरमा पेनकिलर हरमोन ‘अक्सिटोसिन’ पैदा गराउँदछ र यौनाङ्गको दुखाइमा कमी ल्याउँछ। जसले तपाईंलाई आराम दिन मद्दत गर्दछ। साथै, टाउको दुख्दा, शरीर दुख्दा अनि अन्य पीडा हुँदासमेत पीडालाई राहत प्रदान गर्दछ।
व्यायामपछि
नियमित व्यायाम गर्नुहुन्छ भने व्यायामपश्चात् सम्भोग गर्दा महिलाहरूमा आत्मविश्वास र इच्छाशक्ति वृद्धि हुने विज्ञहरू बताउँछन्। फेरि यौन सम्पर्क पनि एक प्रकारको व्यायाम नै हो, यसले शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्यमा पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।
