बलिउड अभिनेत्री वाणी कपुरविरूद्ध मुद्दा दर्ता

६ मंसिर २०७६, शुक्रबार १२:२८

मुम्बई , बलिउड अभिनेत्री वाणी कपुरविरुद्ध उजुरी परेको छ। हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘राम’ लेखिएको क्रम–टप सहितको फोटो पोस्ट गरेलगत्तै विवादमा परेकी वाणीले धार्मिक भावनामा चोट पु‍र्याएको आरोप लगाउँदै उजुरी परेको थियो। मुम्बईस्थित एनएम जोशी मार्ग पुलिस स्टेसन र मुम्बई पुलिस कमिस्नरमा रमा सावंतले मुद्दा दर्ता गराएकी थिइन्।

अभिनेत्री कपुरले भगवान रामको नाम बदनाम गर्न खुकुलो ड्रेस लगाएको अरोप उजुरीमा उल्लेख गरिएको थियो। सो उजुरीपछि अभिनेत्री कपुरले इन्स्टाग्रामबाट फोटो हटाएकी थिइन्। पछिल्लो समय ‘वार’ फिल्ममा देखिएकी अभिनेत्री कपुर सो फोटोको कारण ट्रोलको शिकार भइरहेकी छन्।