भारतसँग सिमा जोडिएको झुलाघाट नाका चार दिनका लागी वन्द

६ मंसिर २०७६, शुक्रबार ११:१७

बैतडी , भारतसँग सिमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि सीमा नाका चार दिनका लागि बन्द भएको हो ।
कार्यलयका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।
यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै आज साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।